logo

२०८३ साउन १४ बिहिबार

‘प्रधानमन्त्रीले गरेको कामलाई जे खिसिट्युरी गरिराख्नुभएको छ, तपाईंहरुलाई नै त्यसले नाङ्गो बनाइराखेको छ’

‘प्रधानमन्त्रीले गरेको कामलाई जे खिसिट्युरी गरिराख्नुभएको छ, तपाईंहरुलाई नै त्यसले नाङ्गो बनाइराखेको छ’


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 897
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन सहयोग गर्न आग्रह गरेको छ ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले रायमाझीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका कामहरूलाई खिसिट्युरी’नगर्न समेत चेतावनी दिएका छन् ।

    उनले भने, ‘प्रमुख प्रतिपक्षका साथीहरूले छापामार शैलीमा आफ्ना कुराहरु राख्नुभयो त्यसका लागि धन्यवाद । प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहने हो भने विषयान्तर नगर्नुस् । सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुभएको कामहरुलाई जे खिसिट्युरी गरिराख्नुभएको छ, तपाईंहरुलाई नै त्यसले नाङ्गो बनाइराखेको छ।’

    उनले रायमाझीलाई कानुनको दायरामा ल्याएर बुझाउनुनै एमालेका लागि कल्याण हुने बताए । उनले भने, ‘टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरामा बुझाउनुस्, त्यसैमा तपाईंहरुको कल्याण हुनेछ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend