logo

२०८३ साउन १४ बिहिबार

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्नुपर्छः अध्यक्ष लिङ्देन

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्नुपर्छः अध्यक्ष लिङ्देन


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 910
    SHARES

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वदेशीलाई शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न दोषीलाई निष्पक्ष छानबिन दण्डित गर्नुपर्ने बताएका छन् ।

    आइतबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको प्रथम एकता अधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्ता जघन्य आपराधिक कार्य क्षम्य नहुने बताउँदै राजनीतिक शक्ति केन्द्रका आडमा भएका नक्कली शरणार्थी काण्ड प्रभावित हुन सक्ने र आरोपी उम्कन सक्ने खतरा रहेको शंका गरे ।

    प्रहरीले गरिरहेको अनुसन्धान कुनै पनि बहानामा रोक्न नहुने भन्दै अध्यक्ष लिङ्देनले मुलुकमा भइरहेका संस्थागत भ्रष्टाचार अन्त्य नगरी सुशासन कायम हुन नसक्ने र देश समृद्ध हुन नसक्ने बताए । दुई दिनसम्म काठमाडौँमा चल्ने अधिवेशनमा पार्टीका पदाधिकारी तथा शीर्ष नेतृत्वले शुभकामना दिएका थिए ।

    देशभरबाट करिब एक हजार एक सय प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक र महिलाका मुद्दा विषयक प्रतिवेदन र विधान मस्यौंदा समितिले प्रस्तुत गरेको विधानमा सहभागीबाट छलफल तथा संशोधनसहित पारित गरेपछि नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ ।

    यही वैशाख २५ गते नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका छ । पार्टीले अवलम्बन गरेको हिन्दू राष्ट्रलगायत मुद्दामा साङ्गठनिक गतिविधि गर्दै आएको सङ्गठनले समसामयिक राजनीतिक विषयवस्तुमा छलफलका साथै महिला हक, हित अधिकारका लागि कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष अन्जना रावलले जानकारी दिइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend