logo

२०८३ साउन १५ शुक्रबार

हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैनः रक्षामन्त्री खड्का

हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैनः रक्षामन्त्री खड्का


हाम्रो राष्ट्र
  • सोमबार, २५ बैशाख २०८०
  • 962
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खडकाले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत खड्काले सेनाको हतियार खरिदबारे आफ्नो नाम जोडर समाचार आएको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले भनेका छन्, ‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही संचारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend