logo

२०८३ असोज ८ बिहिबार

नक्कली शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने काममा नलाग्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी

नक्कली शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने काममा नलाग्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी


हाम्रो राष्ट्र
  • सोमबार, २५ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो फिल्म देखाउन आग्रह गरेका छन् । सोमबार युवा संघको कार्यक्रममा अध्यक्ष ओलीले आफूहरु छिटो फिल्म हेर्न आतुर रहेको बताएका हुन् ।

    अध्यक्ष ओलीले भने, ‘म प्रचण्डजीलाई सोध्न चाहन्छु, तपाईँको सिनेमा हलमा कहिलेदेखि लाग्छ फिल्म ? हामी हेर्न आतुर छौं ।’प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा यो ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको बताएका थिए । त्यसको जवाफमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले संवैधानिक परिषद्को बैठकमा पनि फिल्म कहिलेदेखि सुरु हुन्छ भनेर सोध्ने बताए । उनले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउने काममा नलाग्न चेतावनी दिए ।

    उनले भने, ‘कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन।’ उनले यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आपत्ति जनाए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend