logo

२०८३ साउन १४ बिहिबार

भ्रष्टाचारविरुद्ध राज्यले फाइल मात्र होइन, फायर खोल्नुपर्छः महामन्त्री शर्मा

भ्रष्टाचारविरुद्ध राज्यले फाइल मात्र होइन, फायर खोल्नुपर्छः महामन्त्री शर्मा


हाम्रो राष्ट्र
  • मंगलबार, २६ बैशाख २०८०
  • 897
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र नभई फायर नै खोल्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै महामन्त्री भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताएका हुन् ।

    उनले भने,’नक्कली भुटानी शरणर्थाी बनाउनेलाई निष्कर्षमा पुर्याउनुपर्छ । भ्रष्टाचारका विरुद्ध फाइलमात्र होइन राज्यले फायर खोल्नुपर्छ । सँगै यसका लागि एउटा दृष्टिकोण पनि बनाउनुपर्छ, निर्दाेष कोही फस्नु हुँदैन, दोषी कोही बच्नु पनि हुँदैन ।’

    सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्नका लागि राखिएको पाँच वर्ष हदम्याद हटाउनुपर्ने भन्दै उनले भ्रष्टाचारको छानबिनमा राज्यले कठोरताका साथ जानका लागि कुनै पनि हदम्याद राख्न नहुने बताए । उनले आगामी ८० को दशक भएकाले यसमा भ्रष्टाचार र बेरुजु बन्नबाट रोक्नुपर्ने बताए ।

    उनले भने, ‘हामीले सत्ता र प्रतिपक्षबाट हैन, एकीकृत आँखाबाट हेनुपर्ने बेला आएको छ।’ त्यस्तै विगतमा नीतिगत स्थिरता नदेखिएकोले पनि समस्या भएको शर्माले बताए। उनले कति बेला को सत्तापक्ष र प्रतिपक्ष हुने कुरा नदेखिएको भन्दै स्थिरतातिर अब नलाग्ने हो भने अर्को दशससम्म देशको अवस्था सुधार नहुने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend