logo

२०८३ असोज ८ बिहिबार

टिआरसी विधेयकका विषयमा तीन दलका शीर्ष नेताबीच छलफल

टिआरसी विधेयकका विषयमा तीन दलका शीर्ष नेताबीच छलफल


हाम्रो राष्ट्र
  • मंगलबार, २६ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको छ ।

    प्रधानमनत्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्सम्बन्धी विधेयकलगायतका विषयमा सकारात्मक कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

    संवैधानिक परिषद्को सोमबारको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरिसकेको अवस्थामा त्यसैसँग जोडिएको विधेयक र संसदीय सुनुवाइ समितिको गठनलगायतका विषयमा त्यस अवसरमा महत्वपूर्ण र सकारात्मक छलफल भएको बताइएको छ । छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend