logo

२०८३ साउन १४ बिहिबार

एमालेले टोपबहादुरलाई गरेन कारबाही

एमालेले टोपबहादुरलाई गरेन कारबाही


हाम्रो राष्ट्र
  • मंगलबार, २६ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानलाई सघाउने भएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक र कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    उनले दोषी ठहर भइनसकेको अवस्थामा निलम्बन, निष्कासन या अन्य कारबाहीको कुरा नआउने बताए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा रायमाझीमाथि पक्राउ पुर्जी जारी भएको छ । तर उनी फरार छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend