logo

२०८३ साउन १३ बुधबार

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, २७ बैशाख २०८०
  • 988
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । बुधबार बिहान खाँणलाई उनकै निवास चाबहिलबाट पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् ।

    ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दाहाललगायतले खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् ।

    यो प्रकरणमा बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १० जना पक्राउ परिसकेका छन् । एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा छन् ।

    अदालतले पक्राउ पुर्जी जारी गरेकै दिनदेखि रायमाझी फरार भएका हुन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend