logo

२०८३ साउन १५ शुक्रबार

सङ्कटा झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

सङ्कटा झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश


हाम्रो राष्ट्र
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 3.7K
    SHARES

    झापा । भद्रपुरमा जारी प्रथम मुस्ताङ–भद्रपुर–झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सलाई एक शून्य गोलले पराजित गर्दै सङ्कटा क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार मेची रङ्गशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा सङ्कटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो ।

    उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्स आक्रामक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जनभन्दा बढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन ।

    सुरुआतमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टरफाइनलबाटै बाहिरनुपर्यो । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्किएका थिए । पहिलो गोलपछि भने सङ्कटाले थप गोल गर्न सकेन । त्यसपछि सङ्कटाले रक्षात्मक खेल खेल्यो ।

    प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक टीकेन्द्रसिंह थापा घोषित भए । उनले नगद  २० हजार पुरस्कार पाए । बुधबारको क्वार्टरफाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend