logo

२०८३ असोज ८ बिहिबार

शीर्ष नेताहरू भेट्दा जनतामा नक्कली शरणार्थी प्रकरणको कारबाही कमजोर बन्ने हो कि भन्ने आशंका बढेको छः राजेन्द्र लिङ्देन

शीर्ष नेताहरू भेट्दा जनतामा नक्कली शरणार्थी प्रकरणको कारबाही कमजोर बन्ने हो कि भन्ने आशंका बढेको छः राजेन्द्र लिङ्देन


हाम्रो राष्ट्र
  • बुधबार, २७ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भटानी शरणार्थी प्रकरणको कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गरेका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरे ।

    लिङदेनले शीर्ष नेताहरू भेट्दासमेत जनतामा कारबाही कमजोर बनाउन भएको हो कि भन्ने शंका बढेको बताए । उनले भने,’नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कति प्रगति भएको छ, कारबाही प्रक्रिया कहाँ पुग्यो संसद्लाई जानकारी गराउन माग गर्छु । यसमा सभामुखबाट रूलिङ होस् ।’

    उनले देशको गरिमा अन्तर्राष्ट्रियस्तरसम्म झुकेको भन्दै दोषीलाई उन्मुक्ति दिने र कमजोर बनाउने काम नगर्न अनुरोध गरे । उनले यसमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको बताए । उनले यो प्रकरण पछिल्लो समय अख्तियारलाई बुझाउने हो कि भन्ने तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend