logo

२०८३ साउन १३ बुधबार

दोषीहरू नछुटुन्, निर्दाेषहरु नपरून् : नेता सिंह

दोषीहरू नछुटुन्, निर्दाेषहरु नपरून् : नेता सिंह


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन आग्रह गरेका छन् ।

    शुक्रबार सामाजिक संजालमार्फत सिंहले अनुसन्धानलाई प्रभावित नपार्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाइयोस् । नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको छ ।’

    उनले यसलाई कुनैपनि बहानामा राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कानुनको सर्वमान्य सिद्धान्त हो–दोषीहरू नछुटुन्, निर्दाेषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दाेष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस् । प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस् । यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस् । यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend