logo

२०८३ साउन १४ बिहिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् विस्तार


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ बैशाख २०८०
  • 975
    SHARES

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसी तथा माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री कार्यालयका अनुसार जीसीलाई आर्थिक मामिला र थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै जुग्जालीलाई भौतिक मन्त्रालयको जिम्मा दिइएको छ ।

    पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक र अर्याललाई कृषि मन्त्रालयको जिम्मा दिएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ आजै हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend