logo

२०८३ असोज ७ बुधबार

कम्बोडियाको निर्वाचन निकायद्वारा प्रमुख विपक्षी दललाई मान्यता दिन अस्वीकार

कम्बोडियाको निर्वाचन निकायद्वारा प्रमुख विपक्षी दललाई मान्यता दिन अस्वीकार


हाम्रो राष्ट्र
  • मंगलबार, २ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    कम्बोडियाको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जुलाईमा हुने आम निर्वाचनका लागि प्रमुख विपक्षी क्यान्डललाइट पार्टीलाई मान्यता दिन अस्वीकार गरेको छ। राष्ट्रिय आयोगका अध्यक्ष प्राच चानले हस्ताक्षर गरेको निर्णयमा पार्टीले आफ्नो मूल दल दर्ताको प्रमाणिकरण प्रतिलिपि पेश गर्न नसकेका कारण क्यान्डललाइट पार्टीलाई आगामी निर्वाचनका लागि अयोग्य ठहर गरेको छ ।

    हालसम्म आयोगले आगामी निर्वाचनका लागि १८ राजनीतिक दललाई औपचारिक मान्यता दिएको छ । तीमध्ये सत्तारुढ कम्बोडियन पिपुल्स पार्टी र शाहीवादी फनसिनपेक पार्टी छन् ।

    दक्षिणपूर्वी एसियाली राष्ट्रले २३ जुलाईमा १२५ सिटको राष्ट्रिय सभाको लागि आम चुनाव गर्ने कार्यक्रम छ । ९७ लाखभन्दा बढी कम्बोडियालीहरूले मतदानका निम्ति नाम दर्ता गरेका छन्। पाँच वर्षअघि सम्पन्न आमनिर्वाचनमा कुल २० राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend