logo

२०८३ असोज ७ बुधबार

युक्रेनमा जारी युद्ध अन्त्यका लागि वार्ता अघि बढाउन चीनका विशेष दूत कीएभमा

युक्रेनमा जारी युद्ध अन्त्यका लागि वार्ता अघि बढाउन चीनका विशेष दूत कीएभमा


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 793
    SHARES

    युक्रेनमा जारी युद्ध अन्त्यका लागि बेइजिङ नेतृत्वको वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत कीएभ पुगेका छन् । उनलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गरेका छन् ।

    कीएभमा अधिकारीहरूले रूसले अमेरिकाले आपूर्ति गरेको ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ ध्वस्त पारेको आशङ्कालाई पनि कम गर्न खोजेका थिए । चीनका विशेष दूत ली हुई रुससँगको द्वन्द्व सुल्झाउने बेइजिङको योजनालाई बढावा दिन युरोपेली भ्रमणका क्रममा अधिकारीहरूसँग दुई दिने वार्ताका लागि मङ्गलबार युक्रेनको राजधानी पुगेका हुन् ।

    युक्रेनका एक उच्च अधिकारीले जेलेन्स्की र लीबीच भेटवार्ता हुने सम्भावना रहेको बताएका छन् । सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण गरेपछि युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ कूटनीतिज्ञ ली चिनियाँ नेता सी चिनपिङसँग जेलेन्स्कीले टेलिफोनमा कुरा गरेको तीन हप्तापछि कीएभ पुगेका हुन् । चीनले युक्रेनी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षसँग संवाद गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend