logo

२०८३ असोज ७ बुधबार

केही अरब नेताले रुसी आक्रमणप्रति आँखा चिम्लेको युक्रेनी राष्ट्रपतिको आरोप

केही अरब नेताले रुसी आक्रमणप्रति आँखा चिम्लेको युक्रेनी राष्ट्रपतिको आरोप


हाम्रो राष्ट्र
  • शनिबार, ६ जेष्ठ २०८०
  • 988
    SHARES

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले साउदी अरबमा शुक्रबार आयोजित अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

    “दुर्भाग्यवश, संसारमा र यहाँ केहीले ती पिंजडाहरू र अवैध कब्जाहरूलाई आँखा चिम्लेका छन्,” जेलेन्स्कीले शिखर सम्मेलनमा उपस्थित नेताहरूसँग भने । उनीहरूलाई युद्धलाई ‘इमानदारीपूर्वक हेर्न’ आग्रह गरे ।

    सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि जेलेन्स्कीले रेड सीको तटीय शहर जेद्दाहको शिखर सम्मेलनमा अपर्झट सहभागी भएका हुन् ।

    अरब लिगका एक अधिकारीले बताएअनुसार उनलाई निमन्त्रणा साउदी अरबबाट गएको हो । साउदी अधिकारीहरूले टिप्पणीको लागि गरिएको अनुरोधलाई कुनै जवाफ दिएनन् ।

    यो शिखर सम्मेलनले सिरियाली राष्ट्रपति बशर अल असदको अरब लीगको पुनरागमनलाई पनि सङ्केत गर्दछ ।

    जेलेन्स्कीले युक्रेनको युद्धले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियाली प्रायद्वीपका मुसलमानहरूलाई कसरी प्रभावित पारेको छ भन्नेबारे प्रकाश पारेका थिए ।

    उनले भने, “क्रिमिया रूसी कब्जामा परेको पहिलो राज्य थियो र अहिलेसम्म कब्जा गरिएको क्रिमियामा दमनको सिकार भएकामध्ये अधिकांश मुसलमान छन् ।”

    जेलेन्स्कीले युक्रेनको ‘क्षेत्रीय अखण्डता’लाई समर्थन गरेकोमा साउदी युवराज मोहम्मद बिन सलमानलाई धन्यवाद दिँदै ‘रुसी जेलको पिंजडाबाट जनतालाई बचाउन’ एकताबद्ध हुन आह्वान गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend