logo

२०८३ साउन १४ बिहिबार

बालेनको आग्रहः उद्यमी बन्न आइडिया बैंकमा आवेदन दिनुस्

बालेनको आग्रहः उद्यमी बन्न आइडिया बैंकमा आवेदन दिनुस्


हाम्रो राष्ट्र
  • शनिबार, ६ जेष्ठ २०८०
  • 988
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यावसायिक सोच भएका व्यक्तिलाई आईडिया बैंकमा आवेदन दिन आह्वान गरेका छन् । सामाजिक संजालमार्फत मेयर साहले काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरेका हुन् ।

    उनले भनेका छन्, ‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो । ‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाईं विद्यार्थी हुनुहुन्छ भने आउनुस् ।’ त्यसका लागि उनले जेठ १९ गतेभित्र आवेदन दिन आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend