logo

२०८३ असोज ७ बुधबार

प्रहरी कारबाहीमा अफगानिस्तानमा तीन अपहरणकारीको मृत्यु

प्रहरी कारबाहीमा अफगानिस्तानमा तीन अपहरणकारीको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    अपहरणकारीविरुद्ध अफगान प्रहरीले गरेको कारबाहीमा तीन जना मारिएका छन् । अपहरणमा परेका एक जना स्थानीय व्यापारीलाई सुरक्षा कारबाहीमा सकुशल मुक्त गरिएको प्रहरी प्रवक्ता खालिद जद्रानले बताएका छन् ।

    बिहीबार बिहान अपरहणमा परेका ती व्यापारीलाई सोही दिन अपराह्न अपहरणकारीलाई मारेर सकुशल मुक्त गरिएको तथा गत मङ्गलबार अपरहरणमा परेका अर्का एक जना व्यापारीलाई पनि सकुशल मुक्त गरिएको प्रवक्ता जद्रानले बताए ।

    लामो समयको आन्तरिक द्वन्द्वका कारण तहसनहस भएको अफगानिस्तानमा सम्पन्न परिवारका सदस्यलाई अतिवादी एवम् सशस्त्र समूहले फिरौती रकम प्राप्त गर्न अपरहणलाई एउटा सहज औजारका रुपमा प्रयोग गर्दै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend