logo

२०८३ साउन १४ बिहिबार

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्यः राष्ट्रपति बाइडेन

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्यः राष्ट्रपति बाइडेन


हाम्रो राष्ट्र
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।

    जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनबाट वासिङ्टन फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले अमेरिकी सरकारको कर्जा अधिकार बढाउने सर्तका रूपमा खर्च कटौतीको रिपब्लिकनको पछिल्लो माग ‘स्पष्ट रुपमा अस्वीकार्य’ रहेको बताए ।

    उनले भने, ‘अब अर्को पक्षले आफ्नो चरम स्थितिबाट हट्ने समय आएको छ ।’ बाइडेनले आइतबार वासिङ्टन फर्कने क्रममा रिपब्लिकन पार्टीका नेता तथा प्रतिनिधिसभाका सभामुख केभिन म्याक्कार्थीसँग प्रत्यक्ष कुराकानी गर्ने बताए ।

    तर उनले सार्वजनिक ऋणको वैधतामाथि प्रश्न नउठ्ने अस्पष्ट संवैधानिक धारा लागू गर्ने नाटकीय प्रयासको खोजी गरिरहेको पनि बताए ।

    राष्ट्रपति बाइडेनले रिपब्लिकनका बारेमा भने, ‘म यो विश्वास गर्दिन कि उनीहरूले अपमानजनक काम गरेर ऋण तिर्ने कानुनी मार्गलाई अवरोध गरी देशलाई आर्थिक सङ्कटतर्फ धकेलिन बाध्य पार्ने छैनन् । म चौधौँ संशोधनलाई हेरिरहेको छु ।’ उनले भने, ‘मलाई लाग्छ हामीसँग अधिकार छ । यो समयमा उक्त अधिकारको प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्नेमा विवाद हो । यसका लागि आह्वान गर्न सकिन्छ ।’

    बाइडेनले जापानबाट पपुवा न्युगिनी र अष्ट्रेलिया जाने योजना बनाउनु भएको थियो तर जारी कर्जा वार्ताका कारण एसिया भ्रमणलाई अन्तिम समय रद्द गरी यात्रा छोट्याएका छन् ।

    अमेरिकी कोष तथा लेखा नियन्त्रण (ट्रेजरी डिपार्टमेन्ट) का अनुसार यदि रिपब्लिकनहरूको नियन्त्रण रहेको काङ्ग्रेसले थप ऋण लिन अनुमति दिएमा सरकारले जुन १ सम्ममा ३१ ट्रिलियन अमेरिकी डलरको ऋण तिर्न सक्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend