logo

२०८३ असोज ७ बुधबार

अमेरिका र चीनबीच सम्बन्ध सुधारका लागि वार्ता हुने

अमेरिका र चीनबीच सम्बन्ध सुधारका लागि वार्ता हुने


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1K
    SHARES

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वासिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन् । गत नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिए ।

    गत फेब्रुअरीमा वासिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई यस घटनाका कारण रद्द गरिएको थियो । जापानको हिरोसिमामा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बाइडेनलाई अमेरिका र चीनबीच प्रस्तावित हटलाइन किन सञ्चालनमा नआएको भनी सोधिएको थियो ।

    “तपाईं सही हुनुहुन्छ, हामीसँग एक खुला हटलाइन हुनुपर्छ । बाली सम्मेलनमा राष्ट्रपति सी र मबीच कसरी भेट्ने र के गर्ने भन्नेबारे छलफल भएको थियो,” उनले पत्रकारहरूको प्रश्नमा सकारात्मक प्रतिक्रिया दिँदै भने ।

    एक अर्कासँग वार्ता गर्ने सन्दर्भमा सबै कुरा परिवर्तन भएको स्वीकार्दै उनले भने, “मलाई लाग्छ कि तपाईं देख्नुहुनेछ कि सम्बनधमा छिट्टै तरलता (सुधार) आउँछ ।

    अमेरिकी बाइडेन प्रशासनले सैन्य प्रयोगको जोखिमको हवाला दिँदै उन्नत माइक्रोचिप्सको व्यापारलाई लक्षित गरेर चीनलाई पनि चिढ्याएको छ ।

    जी–सेभेनका प्रमुख अर्थतन्त्र भएका मुलुकहरूले चीनलाई यस क्षेत्रमा सैन्य गतिविधिबारे चेतावनी दिएको एक दिनपछि राष्ट्रपति बाइडेनले आइतबार ती कदमको बचाउ गरेका छन् ।

    उनले भने, “दक्षिण चिनियाँ सागरमा उसले आफ्नो सेनाको उपस्थिति बढाएको छ छ र यसैकारण मैले यो स्पष्ट पारेको छु हामी चीनसँग केही वस्तुको व्यापार गर्न तयार छैनौं ।

    उनले चिनियाँ सामानमा लगाइएको प्रतिबन्धबारे भने, “हामीले अहिले हाम्रा सबै सहयोगीहरूबाट प्रतिबद्धता प्राप्त गरेका छौं उनीहरूले पनि चीनसँग प्रतिबन्धित सामग्री खरिद गर्नेछन् ।”

    “तर यो शत्रुतापूर्ण कार्य होइन । यो त केवल सम्बन्धलाई पूर्ववत् कायम राख्न सक्दो प्रयास गर्ने एउटा कडी हो । हामी यो सुनिश्चित गर्न चाहन्छौं ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend