logo

२०८३ साउन १४ बिहिबार

नक्कली शरणार्थी प्रकरणमा पाँच वटा कसुरमा मुद्दा दर्ता

नक्कली शरणार्थी प्रकरणमा पाँच वटा कसुरमा मुद्दा दर्ता


हाम्रो राष्ट्र
  • बुधबार, १० जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ३० जनाविरु४ मुद्दा दर्ता गरेको हो ।

    सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध पाँच वटा कसुरमा मुद्दा दर्ता गरेको छ । उनीहरुविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा मुद्दा दर्ता गराएको हो ।

    यस प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्ष सल्लाहकार इन्दिजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । उनीहरूमाथि प्रहरीले राज्यविरूद्धको कसुर, ठगी एवं संगठित अपराध कसुरमा अनुसन्धान गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend