logo

२०८३ असोज ६ मंगलबार

रोजेट्टा एजुकेसन इन्टरनेशनलमा युनिभर्सिटी अफ हडर्सफिल्डको इन्फर्मेसन सेसन सम्पन्न

रोजेट्टा एजुकेसन इन्टरनेशनलमा युनिभर्सिटी अफ हडर्सफिल्डको इन्फर्मेसन सेसन सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, ११ साउन २०८३
  • 897
    SHARES

    काठमाडौं । रोजेट्टा एजुकेसन इन्टरनेशनलको आयोजनामा हालै विद्यार्थीहरूका लागि आयोजित इन्फर्मेसन सेसन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा युनिभर्सिटी अफ हडर्सफिल्ड, स्कुल अफ बिजनेस एन्ड म्यानेजमेन्टका फ्याकल्टी मेम्बर सरथ जी. नायरको विशेष सहभागिता रहेको थियो।

    कार्यक्रममा नायरले विद्यार्थीहरूलाई उच्च शिक्षा, शैक्षिक यात्रा तथा भविष्यका अवसरहरूका विषयमा महत्वपूर्ण जानकारी र व्यावहारिक मार्गदर्शन प्रदान गर्नुभएको थियो। इन्फर्मेसन सेसन विद्यार्थीहरूले विभिन्न विषयमा जिज्ञासा राख्दै आफ्ना शैक्षिक लक्ष्य र आगामी यात्राबारे उपयोगी जानकारी प्राप्त गरेका थिए।

     

    कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशेष अतिथि सरथ जी. नायरसहित सम्पूर्ण अतिथि, विद्यार्थी तथा सहभागीहरूलाई रोसेट्टा एजुकेसन इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीन पौडेलले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले यस्ता सूचनाइन्फर्मेसन सेसन तथा अन्तरक्रियात्मक कार्यक्रमहरूले विद्यार्थीलाई सही शैक्षिक निर्णय लिन, आफ्नो भविष्यप्रति स्पष्ट हुन र आत्मविश्वासका साथ अघि बढ्न सहयोग पुग्ने बताउनुभयो।

     

    कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै रोजेट्टा एजुकेसन इन्टरनेशनलले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक तथा करियर यात्रालाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend