logo

२०८३ असोज ७ बुधबार

सातदोबाटोविरुद्ध एनआरटीको रोमाञ्चक जित

सातदोबाटोविरुद्ध एनआरटीको रोमाञ्चक जित


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । च्यासल फुटबल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । सातदोबाटोविरुद्ध एनआरटीको जितमा निकालस सर्ज सोङ र सनम लिम्बुले गोल गरे । सातदोबाटोका शिव सुवेदीले गोल फर्काए ।

    खेलको पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको ६६औँ मिनेटमा निकोलसले गोल गर्दै एनरआरटीलाई १–० गोलको अग्रता दिलाए । खेलको ७०औँ मिनेटमा सनमले गोल गरेपछि एनआरटीले २–० को अग्रता बनायो । खेलको ८१औँ मिनेटमा शिवले गोल गर्दै २–१ को स्थितिमा ल्याएपनि सातदोबाटोले एनआरटीसँग हार टार्न सकेन ।

    यो जितसँगै एनआरटी भने लगभग रेलिगेशनमा पर्ने सम्भावनाबाट मुक्त भएको छ । आठौँ स्थानमा उक्लिएको एनआरटीको २२ खेलबाट २९ अंक भएको छ । यता, पराजित सातदोबाटो भने २२ खेलबाट २९ अंक बनाएर लिगको छैठौँ स्थानमा छ । आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लबले थ्रीस्टारलाई १–० ले पराजित गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend