logo

२०८३ साउन १४ बिहिबार

साङ्घाईमा एकसय वर्ष यताकै गर्मी

साङ्घाईमा एकसय वर्ष यताकै गर्मी


हाम्रो राष्ट्र
  • सोमबार, १५ जेष्ठ २०८०
  • 988
    SHARES

     

    चीनको औद्योगिक महानगर साङ्घाईमा आज एक सय वर्षपछि अधिक गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेखीकरण गरिएको बताएको छ ।

    वैज्ञानिकहरूले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र  बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्ला सातामा विगतका ‘रेकर्ड’ तोडेको छ ।

    आज साङ्घाइको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको उल्लेख गर्दै विभागले  यसअघि सन्  १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको जनाएको छ ।

    भारतका केही भागमा ४४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्दा कम्तीमा ११ जनाले ज्यान गुमाएका तथा बङ्गलादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो दिन महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend