logo

२०८३ असोज ८ बिहिबार

सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्यु आधा घटाउने जापानको लक्ष्य

सन् २०३० सम्ममा गर्मीका कारण हुने मृत्यु आधा घटाउने जापानको लक्ष्य


हाम्रो राष्ट्र
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    जापान सरकारले पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १२ सय ९५ जनाको निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यसता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ ।

    मन्त्रिपरिषदद्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्वन गर्ने गरी कानून परिमार्जन गरिएको छ ।

    योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आह्वान गर्ने योजनामा समावेश छ ।

    त्यसैगरी अत्यधिक गर्मीयाममा वृद्ध र अपाङ्गता भएका व्यक्तिहरू लक्ष्यित विशेष योजना ल्याइने छ । विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू हुने गरेको पाइएको छ । घरभित्रै मृत्यु भएकामध्ये करिब ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend