logo

२०८३ असोज ८ बिहिबार

इमरान खानसँग वार्ताका लागि सरकारका शर्त

इमरान खानसँग वार्ताका लागि सरकारका शर्त


हाम्रो राष्ट्र
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    पाकिस्तानका वित्तमन्त्री इशाक डारले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले मे ९ मा भएको दङ्गाका लागि राष्ट्रसँग माफी मागेमा मात्र वार्ता सम्भव हुने बताएका छन् ।

    एक निजी समाचार च्यानलसँग कुरा गर्दै इशाक डारले भने, ‘इमरानसँगको वार्ता तब मात्र हुनेछ जब पीटीआई अध्यक्षले आफ्नो गल्ती स्वीकार्नुहुनेछ र त्यसलाई नदोहोरिने कसम खानुहुनेछ ।’

    उनले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का प्रमुख नवाज सरिफलाई इमरान खानसँग वार्ताका लागि मञ्जुर गराउनुपर्ने बताए ।उनले नवाज सरिफले हिंसाका दोषीसँग वार्ता गर्न नमिल्ने धारणा राखेको बताए ।

    इशाक डारले भने, ‘नवाज सरिफले हिंसाको पूर्वतयारी गर्नेहरूसँग वार्ता गर्न नसकिने बताउनुभएको छ ।’ उनले मे ९ को घटनाको अनुसन्धान भइरहेको र मे ९ मा भएको घटनामा संलग्न तत्वलाई न्यायको कठघरामा ल्याइने बताए ।

    डारले मे ९ जस्ता घटना फेरि नदोहोरियोस् भनेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए । उनले दङ्गाको योजनामा इमरान खान संलग्न रहेको प्रमाणले देखाएको दावी गरे । सरकार राजनीतिक उत्पीडनमा विश्वास नगर्ने उनले बताए ।

    एक प्रश्नको जवाफमा उनले भने, ‘यदि नवाज सरिफकी छोरीलाई पक्राउ गर्न सकिन्छ भने कसैकी श्रीमतीलाई पनि पक्राउ गर्न सकिन्छ किनभने कोही पनि कानूनभन्दा माथि छैन ।’

    मे ९ को घटनामा संलग्न महिलाले राहत पाउन सक्दैनन् ।’ पीटीआईका अध्यक्ष खानले आफ्नो कार्यकालमा पाकिस्तानको भलाइका लागि कुनै भूमिका नखेलेको दावी पनि उनले गरे । डारले पीटीआई अध्यक्षको गलत निर्णयका कारण पाकिस्तानले आर्थिक कठिनाइको सामना गर्नुपरेको दावी गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend