logo

२०८३ साउन १५ शुक्रबार

चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता

चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • शनिबार, २० जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। शनिबार साँझ प्रधानमन्त्री नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् ।

    गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र एक्ला एक्लै पनि भेटवार्ता गरेका थिए ।

    त्यस्तै उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए। प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा नेपाली समुदायसँग भेट गर्नुका साथै भारतका निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ बिदाई गरेकी थिइन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend