logo

२०८३ असोज ७ बुधबार

सिटीलाई एफए कपको उपाधि

सिटीलाई एफए कपको उपाधि


हाम्रो राष्ट्र
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड २-१ गोलले हराउँदै सिटीले एफए कपको उपाधि जितेको हो ।

    वेम्बली स्टेडियममा भएको खेलमा इल्काइ गुन्डोगानले दुई गोल गरे । युनाइटेडको लागि ब्रुनो फर्नान्डेजले एक गोल फर्काए । खेलको पहिलो मिनेटमै केभिन डी ब्रुयनको पासमा गुन्डोगानले गोल गर्दै सिटीलाई शूरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

    ५१ औं मिनेटमा केभिनको पासमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी २-१ गोलले विजयी भएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend