logo

२०८३ असोज ७ बुधबार

चर्च ब्वाइज ‘ए’ डिभिजन लिग च्याम्पियन

चर्च ब्वाइज ‘ए’ डिभिजन लिग च्याम्पियन


हाम्रो राष्ट्र
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइजले जितेको छ । पहिलो पटक शहिद स्मारक ए डिभिजन लिग खेलको चर्च ब्वाइजले पहिलो प्रयासमा नै उपाधि जितेको हो ।

    मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको छ।

    खेलमा चर्च ब्वाइजले गोलका अवसर पाएपनि सफल भएन । खेलको १७ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिने अवसर गुमाएको थियो । चर्च ब्वाइजका आशिष चौधरीको प्रहारलाई थ्रिस्टारका गोलरक्षक अरुण ब्लोनले विफल पारिदिए ।

    चर्च ब्वाइजको ३७ औं मिनेटमा अग्रता लिने प्रयासलाई थ्रिस्टारका गोलरक्षक अरुण ब्लोनले रोकिदिए । एरिक विष्टको कर्नरमा चर्च ब्वाइजका अनन्त तामाङले गरेको हेडर प्रयासलाई अरुणले रोकेका थिए ।

    त्यसपछि खेलमा दवाव राखेको चर्च ब्वाइजले एक पछि अर्को गोलको अवसर बनाएपनि सफल हुन सकेन । एक खेल अगाडि नै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४५ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्रको २४ खेलबाट २९ अंक रहेको छ । थ्रिस्टारको २५ खेलबाट २८ अंक रहेको छ । उसलाई रेलिगेशनबाट बच्न अर्को खेलमा जित निकाल्नु पर्ने भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend