logo

२०८३ असोज ७ बुधबार

फ्रान्सेली फुटबलर करिम साउदी क्लबमा अनुबन्ध

फ्रान्सेली फुटबलर करिम साउदी क्लबमा अनुबन्ध


हाम्रो राष्ट्र
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल–इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।

    ३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब छाड्न अनुमति दिएको थियो । रियलका लागि सर्वाधिक गोल गर्नेमा क्रिस्टियानो रोनाल्डोभन्दा मात्र पछि रहेका बेन्जेमाले ३५४ गोल गरेका छन् । रोनाल्डोले ४५० गोल गरेका छन् ।

    रोनाल्डो हाल अर्को साउदी क्लब अल नासेरबाट खेलिरहेका छन् । सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल पुगेका बेन्जेमा त्यहाँ ६४८ खेल खेलेका थिए । उनले रियलका लागि अन्तिम खेलमा एथ्लेटिक विल्वाओ विरुद्ध १–१ को बराबरीमा पेनाल्टीबाट गोल गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend