logo

२०८३ साउन १३ बुधबार

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट


हाम्रो राष्ट्र
  • शुक्रबार, १ असार २०८०
  • 1.1K
    SHARES

    हेटौंडा । बागमती प्रदेश सरकारले शुक्रबार बजेट ल्याएको छ । शुक्रबार अपराह्न बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट सार्वजनिक गरेको हो ।

    बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका हुन् । मन्त्री लामाले प्रदेश सरकारको तर्फबाट आगामी आवको लागि कुल ६२ अर्ब ७०  करोड रुपैयाँको बजेट सार्वजनिक गरे ।

    जसमध्ये चालु खर्च तर्फमा २६ अर्ब ६४ करोड र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको विकास, ‘एक घर, एक धारा’ प्रदेशको विभिन्न जिल्लाको विद्यालयमा प्लस टु गर्ने विद्यार्थीहरुलाई एक स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend