logo

२०८३ साउन १३ बुधबार

विवेक र नवीनलाई प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि

विवेक र नवीनलाई प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि


हाम्रो राष्ट्र
  • शनिबार, २ असार २०८०
  • 832
    SHARES

    महेन्द्रनगर । चीनमा हुन लागेको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) मा सुदूरपश्चिम प्रदेशबाट नौ खेलाडीले भाग लिने भएका छन् । प्रतियोगिताका लागि महिला कुस्तीमा सुदूरपश्चिमबाट सात खेलाडी छानिएको कञ्चनपुरका कबड्डी प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए ।
    “कबड्डी टिममा बाह्रमध्ये सात महिला खेलाडी सुदूरपश्चिमबाट छन्”, प्रशिक्षक भट्टले भने, “छनौटमा परेका सुदूरपश्चिमका महिला खेलाडी अहिले यहाँ विभिन्न विभागीय टिममा आबद्ध छन् ।” छनोट हुनेमा जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, कलावती पन्त, अर्पणा चौधरी, नितु गुरुङ र मानमती विष्ट छन् ।
    त्यसैगरी कुस्तीतर्फ कञ्चनपुरका सुरेश चुनारा र शिवानी दुवे प्रतियोगितामा भाग लिनका लागि छनौट भइसकेका छन् । ७४ किलो तौल समूहमा भीडन्तमा उत्रिने चुनारा हाल त्रिभुवन आर्मी क्बलमा आवद्ध छन् । शिवानीले ५७ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सुरेश चुनारा यसअघि इण्डोनेसियामा भएको १८औं संस्करणको एसियन गेम्समा भाग लिइसकेका छन् ।
    एसियाली खेलकुदका लागि दोस्रो पटक छनौट भएका चुनाराले एक महिना प्रशिक्षणका लागि इरान जाने योजना रहेको सुनाए । “अहिले काठमाडौँमै विशेष प्रशिक्षण जारी छ, केही समय इरानमा प्रशिक्षणका लागि पठाइने भनिएको छ”, उनले भने, “यसपटक पदक जित्ने गरी तयारीमा जुटेको छु ।”
    एसियाली खेलकुदका लागि यहाँबाट तेक्वान्दो, बक्सिङ, एथलेटिक्स, फुटबल महिला, गल्फ, कुस्ती, कबड्डी महिला, भारोत्तलन, जुडो, क्रिकेट, ब्याडमिन्टन र सुटिङ खेलमा नेपाली खेलाडी सहभागिता जनाउने छन् । कञ्चनपुर भारोत्तलनका प्रशिक्षण जीवन गौतमले एसियन छनौटका लागि यही असार १० मा काठमाडौंमा छनौट हुने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend