काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सोमबार अख्तियारले राजभण्डारीले ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदातलमा मुद्दा दायर गरेको हो ।
अख्तियारले भनेको छ, ‘लगानीमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी जम्मा रु. ७,४२,२९,०८६।६५ (सात करोड बयालीस लाख उनान्तीस हजार छयासी रुपैयाँ पैसठ्ठी पैसा) खर्च तथा लगानी गरेको देखिंदा निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा रु.३,५६,७७,३४६।१७ (तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैया सत्र पैसा) को वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानून बमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको छ ।’

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend