logo

२०८३ साउन १४ बिहिबार

नेप्से ६२ अंकले बढ्यो, ६ अर्ब ४९ करोडको कारोबार

नेप्से ६२ अंकले बढ्यो, ६ अर्ब ४९ करोडको कारोबार


हाम्रो राष्ट्र
  • आइतबार, १० असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । नेप्से आइतबार ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

    आइतबार सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ ।

    आज दुई सय ७५ वटा कम्पनीका एक करोड ४७ लाख कित्ता शेयर छ अर्ब ४९ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । गएको पुसको २६ गतेपछि छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ४९ करोड ९० लाख र सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्सुरेन्स, साम्लिङ पावर कम्पनी, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, शिवम् सिमेन्ट र एनएमबी ५० म्युचुअल फन्डको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend