logo

२०८३ साउन १४ बिहिबार

वान कि मुनलाई आँखी झ्याल र ढाका टोपी उपहार

वान कि मुनलाई आँखी झ्याल र ढाका टोपी उपहार


हाम्रो राष्ट्र
  • बुधबार, २० असार २०८०
  • 1.1K
    SHARES

    दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी उपहार दिएका छन् ।

    दक्षिण कोरियाको बुसान सहरमा जारी विश्वका विभिन्न देशका मन्त्रीहरु सहभागी मन्त्रीस्तरीय सम्मेलनमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका मुनलाई ढाका टोपी लगाई मन्त्री मोदीले आँखी झ्याल उपहार दिएका हुन् ।

    उपहार दिने क्रममा मन्त्री मोदीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघमार्फत् प्राप्त साथ र सहयोगको प्रशंसा गरेका छन् । ‘नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा तपाई महासचिव हुँदा दिएको साथ र सहयोगप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गर्न चाहन्छु’ मन्त्री मोदीले भने, ‘नेपाल सरकार सदैव यहाँहरुको सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछ ।’

    मुनले नेपालले प्राप्त गरेको उपलब्धिहरुको बारेमा प्रशंसा गरे । उनले आफूलाई नेपालको सन्दर्भमा राम्रो स्मृति रहेको भन्दै नेपालका लागि आवश्यक सकारात्मक साथ दिन आफू सदैव तयार रहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend