logo

२०८३ साउन १४ बिहिबार

ईयूले खाद्य पदार्थ खेर फाल्ने प्रवृतिलाई घटाउन बाध्यकारी नियम लागूगर्ने

ईयूले खाद्य पदार्थ खेर फाल्ने प्रवृतिलाई घटाउन बाध्यकारी नियम लागूगर्ने


हाम्रो राष्ट्र
  • बिहिबार, २१ असार २०८०
  • 1.3K
    SHARES

    युरोपेली सङ्घले आफ्ना २७ सदस्य राष्ट्रलाई यस दशकमा घरपरिवार, खुद्रा बिक्रेता र रेष्टुरेन्टबाट हुने खाद्य पदार्थको फोहोरमा ३० प्रतिशत कटौती गर्न बाध्यकारी नियम लागू गर्ने योजना अघि सारेको छ । ब्रसेल्सको अनुमानअनुसार यो समूहले एक वर्षमा करिब पाँच करोड ९० लाख टन अर्थात् प्रतिव्यक्ति १३१ किलोग्राम खाद्यान्न खेर फाल्छ । यसले समूहलाई करिब १३२ अर्ब युरोको नोक्सानी हुनेगर्छ ।

    खाद्यान्नलाई खेर जानबाट रोक्नुजर्नेमा जोड दिँदै युरोपेली आयोगका उपप्रमुख फ्रान्स टिमरम्यान्सले तीन करोडभन्दा बढी युरोपेलीलाई शरीरका लागि आवश्यक पर्ने उचित आहारको अभाव रहने गर्छ ।

    ईयूका सदस्य राष्ट्रहरु र युरोपेली संसदले छलफल गर्ने यो प्रस्ताव वातावरणलाई मजबुत बनाउन समूहको अगुवाईमा भएको ‘ग्रीन डिल’ अभियानको एक हिस्सा हो । ईयूको कार्यकारी शाखाले सदस्य राष्ट्रहरूले सन् २०३० सम्ममा ‘रेस्टुरेन्ट, खाद्य सेवा र घरहरूबाट हुने खाद्यन्न दुरूपयोग’ मा ३० प्रतिशतले कटौती गर्न चाहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend