logo

२०८३ असोज ७ बुधबार

इमर्जिङ एसिया कपका लागि नेपाली टोली घोषणा

इमर्जिङ एसिया कपका लागि नेपाली टोली घोषणा


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले इमर्जिङ एसिया कपका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । जिम्बाबेमा भएको आईसीसी विश्वकप एक दिवसीय क्रिकेट छनोट खेलेर फर्किए लगत्तै श्रीलंकामा आयोजना हुन लागेको इमर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा गरेको हो ।

    जिम्बाबे गएको नेपाली टिमका सदस्यहरु ज्ञानेन्द्र मल्ल, करण केसी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी टिममा परेका छैनन् । सन्दीप र दिपेन्द्र ग्लोबल टी २० खेल्न जाने भएकाले टिममा समावेश गरिएको छैन ।

    १६ सदस्यीय टोलीमा देव खनाल, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल समावेश छन् । नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend