logo

२०८३ साउन १४ बिहिबार

ललिता निवास प्रकरण देशलाई अलमलमा पार्न छरिएको भ्रम मात्र होः अध्यक्ष ओली

ललिता निवास प्रकरण देशलाई अलमलमा पार्न छरिएको भ्रम मात्र होः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवास छानविन प्रकरण ’पोलिटिकल स्टन्ट’ मात्रै भएको बताएका छन् । शुक्रबार स्ववियू काउन्सिलको १० औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले ललिता निवास प्रकरण देशलाई अलमल पार्न छरिएको भ्रम मात्र भएको बताएका हुन् ।

    उनले भने,’यसमा पर्ने पनि गठबन्धनकै नेता हुुन् । यो भ्रष्टाचार विरोधी देखिने पोलिटिकल स्टन्ट मात्रै हो । ललिता निवास प्रकरणको छानविन गरौं। यसमा जो जो दोषी छन् सबैलाई कारबाही गरौं। को को दोषी छन् ? सबै कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।’

    उनले सत्ता गठबन्धनले सत्ता स्वार्थका लागि मनपरी गरेको आरोप लगाए । अध्यक्ष ओलीले प्रीतम सिंह दिल्ली नै नगएको भन्दै उनलाई बेकारमा मुछेर प्रधानमन्त्रीले झुट बोलकोे आरोप लगाए । उनले आफूहरूले राजीनामा माग्दा सत्ता गठबन्धनले संसदमा नै सामना गर्ने भनेको भन्दै आश्चर्य व्यक्त गरे ।

    उनले भने, ‘उहाँहरूले वार्ता गछौँ, समस्या समाधान गछौँ भन्नुभएन । संसदमा सामना गरिन्छ भन्नुभयो ।’उनले एमाले संसदमा मात्रै नभई जहाँ बोलाए त्यही जाने बताए ।

    उनले भने,’सत्ता पक्ष संसदमा मात्रै होइन जहाँ भन्छ त्यहाँ हामी तयार छौँ । स्पष्ट तोकेर बोलाए हुन्छ । त्यहाँ हामी पुग्न तयार छौँ ।’ उनले सत्ता गठबन्धनले बर्थ डे  केक काटेझैं राष्ट्रका हित काटकुट पारेर, बाँडेर सरकार बनाउने र टिकाउने बहुतै घिनलाग्दो खेल खेलिरहेको आरोप लगाए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend