logo

२०८३ साउन १३ बुधबार

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइयो

हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइयो


हाम्रो राष्ट्र
  • मंगलबार, २६ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ। मंगलबार साँझ सबैको शव काठमाडौं ल्याइएको हो । शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

    हेलिकप्टर लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए। उनीहरु सबैको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ छन्। त्यस्तै मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend