logo

२०८३ साउन १४ बिहिबार

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय


हाम्रो राष्ट्र
  • बुधबार, २७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।

    आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले दाहाललाई राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    बैठकले दाहालको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । ‘यस दुःखद घडीमा सम्माननीय प्रधानमन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ’, मन्त्री शर्माले सरकारका तर्फबाट जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend