logo

२०८३ साउन १३ बुधबार

एनभिए भलिबलमा आर्मीको संघर्षपूर्ण जित

एनभिए भलिबलमा आर्मीको संघर्षपूर्ण जित


हाम्रो राष्ट्र
  • बुधबार, २७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एनभिए लिगमा महिला तथा पुरुष राष्ट्रिय भलिबलमा लगातार चौथो जित हात पार्दै टिपटप हेल्प नेपाल क्लब र त्रिभुवन आर्मी क्लब अंक तालिकामा शीर्ष स्थानमा रहेका छन् ।

    नेपाल भलिबल संघको आयोजनमा भएको लिगको बुधबार भएको खेलमा हेल्प नेपालले नेपाल पुलिसलाई ३–२ सेटमा पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा रहेको हो । टिपटप हेल्प नेपालले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पायो । दोश्रो सेट पुलिसले २५–२० ले नै जित्दै खेललाई १–१ सेटको बरावरीमा ल्यायो ।

    यस्तै पुनः हेल्प नेपालले तेश्रो सेट ३०–२८ ले जित्दै खेललाई २–१ को अवस्थामा ल्यायो । चौथो सेटमा हेल्प नेपाल पुलिससंग १८–२५ ले पराजित भए पश्चात खेल २–२ को अवस्थामा पुग्यो । संघर्षपूर्ण अन्तिम तथा निर्णायक खेलमा हेल्प नेपालले २४–२२ ले जित्दै थप ३ अंक बटुल्यो । यसका साथ चार खेलबाट टिपटप हेल्प नेपालको १२ अंक भएको छ ।

    यस्तै अर्को खेलमा आर्मीले पनि अर्को विभागिय टोली एपिएफलाई ३–२ को संघर्षपूर्ण जित निकाल्यो । आर्मी पहिलो सेट एपिएफसँग १८–२५ ले पराजित भयो । दोश्रो सेट २६–१६ ले जित्न सफल भएको आर्मी तेश्रो सेटमा पुनः २४–२६ ले एपिएफलाई सुम्पन बाध्य भयो । चौथो सेट २८–२६ ले जित निकाल्दै आर्मीले खेललाई २–२ को बराबरीमा ल्यायो ।

    अन्तिम तथा निर्णायक खेल १७–१५ ले जित्दै आर्मीले आफ्नो खातामा थप ३ अंक जोड्यो । यसका साथ आर्मीको पनि ११ अंक भएको छ । पुरुषकै अर्को खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबले दावाँली मिलन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै ३ अंक जोड्यो । सैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१, १५–१३ ले पराजित गर्दै पहिलो जितका साथ ३ अंक जोडेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend