logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्री कप भलिबलमा हेल्प नेपालको जित

प्रधानमन्त्री कप भलिबलमा हेल्प नेपालको जित


हाम्रो राष्ट्र
  • बिहिबार, २८ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत बिहीबार भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

    हेल्प नेपालले एपएिफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

    प्रतियोगितामा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ भने महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यही असार ३० गते हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend