logo

२०८३ असोज ७ बुधबार

महिला विश्वकपमा स्विजरल्याण्डसँग फिलिपिन्स पराजित

महिला विश्वकपमा स्विजरल्याण्डसँग फिलिपिन्स पराजित


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । फिफा महिला विश्वकपमा स्विजरल्णडले विजयी सुरुवात गरेको छ । शुक्रबार न्युजिल्याण्डको फोरस्थि बार रंगशालामा भएको समुह ‘ए’ अन्तर्गतको खेलमा स्विजरल्याण्डले फिलिपिन्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

    स्विजरल्याण्डले फिलिपिन्सलाई २–० गोलअन्तरले पराजित गरेको हो । स्विजरल्याण्डलाई जित दिलाउन सरैना सेभरिन र रामोना बाच्मनले एक एक गोल गरेका छन् ।

    खेलको ४५ औं मिनेटमा स्विजरल्याण्डले पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको थियो । उसका लागि सरैनाले गोल गरेकी हुन् । खेलको ४३ औं मिनेटमा फिलिपिन्सका खेलाडीले पेनाल्टी एरियमा खराब ट्याकल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रि भारले स्विजरल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो । उक्त पेनाल्टीमा सरैनाले गोल गरेकी हुन् ।

    पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विजरल्याण्डले दोस्रो हाफमा थप एक गोल गर्न सफल रह्यो । स्विजरल्याण्डकी क्रोनोगोर्सेभिकको प्रहारलाई फिलिपिन्सकी गोलरक्षक म्याक ड्यानियलले बचाउँदा रिवाउन्डमा आएको बललाई रामोनाले जाली चुमाएकी थिइन् ।

    जितसँगै स्विजरल्याण्ड तीन अंकसहित समुह ए को शीर्ष स्थानमा उक्लेको छ । बिहीबार भएको उद्घाटन खेलमा समुह ुएु को न्युजिल्याण्डले नर्वेलाई १–० गोलले पराजित गरको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend