logo

२०८३ साउन १४ बिहिबार

चिनियाँ उच्चस्तरीय टोलीद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता

चिनियाँ उच्चस्तरीय टोलीद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता


हाम्रो राष्ट्र
  • आइतबार, ७ साउन २०८०
  • 949
    SHARES

    काठमाडौँ । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन नेतृत्वको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेटवार्ता गरेको छ ।

    तीन दिने नेपाल भ्रमणका लागि आइतबार बिहान आएको टोलीले दिउँसो राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेको हो । भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    भेटमा राष्ट्रपति पौडेलले ऐतिहासिककालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । चिनियाँ टोली श्रीलंकाको भ्रमण सकेर आइतबार बिहान काठमाडौं आइपुगेको हो ।

    यसैबीच इटाली भ्रमणमा रहेका भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युनसँग भर्चुअल संवाद गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहाल र च्या च्युनबीच आइतबार भर्चुअल माध्यमबाट संवाद भएको हो । प्रधानमन्त्री दाहाल र नेता च्या चुनबीच अपरान्ह ४ बजे संवाद भएको सचिवालयले जानकारी दिएको छ । संवादमा दुई देशका आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend