logo

२०८३ साउन १४ बिहिबार

नेकपा निर्माणपछि पनि प्रचण्डले माओवादी पार्टी जिवितै राखेर बैठक चलाएः अध्यक्ष ओली

नेकपा निर्माणपछि पनि प्रचण्डले माओवादी पार्टी जिवितै राखेर बैठक चलाएः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग एकता भनिएपनि कहिल्यै एकता नभएको बताएका छन् । शुक्रबार जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा निर्माणपछि पनि प्रचण्डले माओवादी पार्टी जिवितै राखेर बैठक चलाएको बताए । उनले दुई पार्टी एकता हुँदा माओवादी एमालेको खाएको र हिसावकिताब नबुझाएको आरोप लगाए ।

    उनले भने, ‘प्रचण्डले कहिल्यै हिसाब बुझाएनन् । एमालेको रकम लिए, खाए पिए सबै गरे ।’ अध्यक्ष ओलीले ओलीले कांग्रेस अहिले माओवादीको इसारामा चलेको आरोप लगाए ।

    कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘कांग्रेस माओवादीको ढाकर बोक्याछ । प्रधानमन्त्री पुष्पकमल दाहालजीले कांग्रेसको कान समातेर डोर्याएको अवस्था हो । जित्ने कांग्रेसको भाग्य पनि थियो अलिकति । तर अब कठैबरा मात्र भन्न सकिन्छ।’

    उनले कांग्रेस लोकतन्त्रको पक्षमा उभिन नसकेको र भ्रष्टाचारविरुद्ध पनि उभिन नसकेको आरोप लगाए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend