logo

२०८३ साउन १४ बिहिबार

तयारी नपुगेको भन्दै एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित

तयारी नपुगेको भन्दै एकीकृत समाजवादीको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित


हाम्रो राष्ट्र
  • शनिबार, १३ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको जनाएको छ ।

    बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    उनकाअनुसार बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्ने छ । यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरिएको थियो ।

    समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि

    समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि आइतबार मध्यान्ह १२ बजे हुने भएको छ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend