logo

२०८३ साउन १४ बिहिबार

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् । प्रहरीले शर्मालाई बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो ।

    उनी विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत हुन् ।

    शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ । सुन तस्करी प्रकरणलाई लिएर सांसद शर्मा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend