logo

२०८३ साउन १४ बिहिबार

अब सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँः महामन्त्री थापा

अब सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • शनिबार, २ भाद्र २०८०
  • 1.2K
    SHARES

    फिक्कल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् । इलामको फिक्कलमा शुक्रबार आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब कांग्रेस बदल्न नचाहने हो भने कमजोर बन्दै जाने तर्क गरे ।

    विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ । “सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ । सङ्घर्ष गर्छौँ, पार्टी बदलेरै छाड्छौँ”, महामन्त्री थापाले भने, “कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।”

    पार्टी सत्ता र राज्य सत्ताको नेतृत्वमा पटकपटक एउटै मान्छे पुगे पनि कुनै रुपान्तरण नभएकाले अब कांग्रेस नयाँ तरिकाका साथ जाग्नुपर्ने उनको भनाइ छ । “स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौँ ।” उनले भने, “तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यहि तरिकाले ८४ को आम चुनावमा ठूलो पराजयको सिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्र्ने ?”

    आउँदो चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने थापाको भनाइ छ । एकल बहुमत ल्याउन आजकै मितिबाट पार्टीलाई नयाँ ढङ्गमा बदलेर लैजान जरुरी भएको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend