logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई जितको शुभकामना

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई जितको शुभकामना


हाम्रो राष्ट्र
  • बुधबार, १३ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टीमलाई जितका लागि शुभकामना दिएका छन् । एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमसँग बुधबार बिहान नेपाली टीमलाई भर्चुअल रुपमा प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना दिएका हुन् ।

    प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

    भर्चुअल बैठकमा नेपाली टीमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए । नेपालले आज घरेलु टिम पाकिस्तानसँग खेल्दैछ। पाकिस्तानको मुल्तानमा नेपालले आज एसिया कप क्रिकेटमा डेब्यु गर्दैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend