logo

२०८३ साउन १४ बिहिबार

रेडक्रस सोसाइटीका संस्थापक सदस्य दासलाई सम्मान

रेडक्रस सोसाइटीका संस्थापक सदस्य दासलाई सम्मान


हाम्रो राष्ट्र
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा गौरीशङ्कर लाल दासलाई सम्मान गरेको छ ।

    नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा एक सय वर्षीय डा दासलाई सम्मान गरेको हो । उनलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरे ।

    कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष नेपालले रेडक्रसले विभिन्न आरोह–अवरोह गर्दै अहिलेको अवस्थामा आएको भन्दै यसलाई अगाडि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे । रेडक्रसप्रतिको लगनशीलता र इमान्दारितालाई अगाडि बढाउने उहाँको भनाइ छ । “मानवताको सेवाका लागि हामी निरन्तर लाग्छौँ”, उनले भने ।

    विसं १९८१ मा सिरहाको इनरुवामा जन्मिएका दासले काठमाडौँ जिल्ला शाखामा बसेर नेपाल रेडक्रस सोसाइटीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रसहित सात प्रदेश ७७ जिल्ला र एक हजार छ सय उपशाखा रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend