logo

२०८३ साउन १४ बिहिबार

आइसिसी टि–२० विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित

आइसिसी टि–२० विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित


हाम्रो राष्ट्र
  • बुधबार, २० भाद्र २०८०
  • 819
    SHARES

    काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन ।

    प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ । लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ । समूह ‘ए’ मा चार खेल जितेको युएई चार खेलमा आठ अङ्कसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend